२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


पाँचौ पोखरा स्पोर्टस् अवार्डमा पुरुषतर्फ नविन रसाइली र महिलातर्फ पार्वती गुरुङ उत्कृष्ट


0
Shares

पोखरा, असार १८ । पाँचौ पोखरा स्पोर्टस् अवार्ड–२०७६/७७ मा उत्कृष्ट पुरुषतर्फ नवीन रसाइली (कराते) र महिलातर्फ पार्वती गुरुङ (तेक्वान्दो) उत्कृष्ट घोषित भएका छन् ।

उनीहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले जनही २÷२ लाखसहित सम्मान गर्नुभएको हो ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा भएको कार्यक्रममा लाइफ टाइम अचिभमेन्ट अवार्ड पोखराको फुटबल खेल विकासमा योगदान पुर्‍याएका केशव रञ्जितलाई सम्मानित गरेका छ ।

उदीयमानतर्फ दुवाना लामा (पौडी) ले अवार्ड पाउन सफल हुनुभयो । यो विधामा प्रदीप खड्का (लनटेनिस) र विपीन खत्री (क्रिकेट) मनोनयमा परेका थिए । उत्कृष्ट प्रशिक्षकमा सुरेश मल्ल ठकुरी (बक्सिङ) अर्वाड जितेका छन् । त्यस्तै आनन्द कुँवर (पौडी), किरण श्रेष्ठ (फुटबल) बाट मनोनयनमा परेका थिए ।

उत्कृष्ट खेल संघ पुरस्कार जिल्ला आर्चरी संघले पाएको । त्यसै गरी उत्कृट खेल पत्रकारमा सन्देश श्रेष्ठ र केशब पाठकले नगद ३५ हजारसहित सम्पान गरेका थिए ।

अघिल्लो वर्ष हुन नसकेको सो अवार्ड यसवर्ष २०७६÷७७ दुवैलाई जोडेर संयुक्त रुपमा गण्डकी प्रदेशस्तरको प्रतिनिधित्व हुने गरी स्पोर्टस् अवार्ड प्रदान गरेका अध्यक्ष एकराज गिरीले बताउनुभयो ।