१० जेष्ठ २०८२, शनिबार | Sat May 24 2025


रुपा सुनार प्रकरणमा शिक्षा मन्त्री श्रेष्ठले मागे माफी


0
Shares

काठमाडौं । शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठले रुपा सुनारमाथि गरेको व्यवहारप्रति आफुले गल्ती गरेको महसुस गर्नु भएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगसमक्ष रुपा सुनार प्रकरणबारे स्पष्टिकरण मागेपछि आयोगमै पुगेर श्रेष्ठले पदाधिकारी समक्ष गल्ती गरेको महसुस गर्नुभएको हो। मंगलबार कार्यालयमै बोलाएर घटनाबारे श्रेष्ठसँग स्पष्टिकरण मागेको आयोगले जनाएको छ । आयोगले घटनाबारे प्रेस विज्ञप्ती जारी गर्ने बताएको छ ।

तनहुँकी रुपा सुनारले जातकै आधारमा आफूलाई बबरमहलमा घरबेटीले कोठा नदिएको भन्दै सरस्वती प्रधानविरुद्ध महानगरीय प्रहरी वृत सिंहदरबारमा उजुरी दिनु भएको थियो । उजुरी गरेको ३ दिनपछि प्रधान पक्राउ पर्नु भएकाे थियाे ।

असार ९ गते शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले झण्डा सहितको सरकारी गाडीमा महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट प्रधानलाई छुटाएर आफ्नै गाडीमा हालेर घर पुर्याउनु भएकाे थियाे ।