
तस्विर फाइल
बागलुङ, असार १५ । कोरोना कहरकाबिच बागलुङको पश्चिम तमानखोला गाउँपालिकाले ९० प्रतिशत योजना सम्पन्न गरेको छ ।
जिल्लाको सबैभन्दा विकट मानिने तमानखोलाले चालु आर्थिक वर्षको असार मध्यसम्म आइपुग्दा ९० प्रतिशत योजना तथा कार्यक्रम सम्पन्न गरेको गाउँपालिकाका सूचना अधिकारी प्रभात लामिछानेले जानकारी दिनुभयो ।
उहाँका अनुसार चालु आर्थिक वर्षमा तमानखोलामा साना ठूला गरि ७३ योजना थिए ।
जसमध्ये ६ वटा ठूला र ६७ वटा साना योजना थिए । ठूला ६ योजनामध्ये ४ वटा र साना योजनामध्ये अधिकांश सकिएको र केही बाँकी योजना मसान्तसम्ममा सकिने लामिछानेको भनाइ छ ।
चालु आर्थिक वर्षमा विशेष गरी, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा काम भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्