Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


वीपी प्रतिष्ठानका चिकित्सक तथा कर्मचारीहरु रिले अनशनमा


0
Shares

सुनसरी, असार १४ । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको माग राखेर १४ दिनदेखि आन्दोलन गर्दै आएका यहाँका चिकित्सक तथा कर्मचारीहरुले रिले अनशन सुरु गरेका छन् ।

प्रतिष्ठानमा भएको भष्ट्राचारको छानबिन गरी दोषि उपर कारवाही र प्रतिष्ठानमा हुने अबैध काम बन्द गर्नुपर्ने माग राखेर प्रतिष्ठानका चिकित्सक, नर्स, कर्मचारी तथा विद्यार्थिहरुले समेत सोमबारदेखि रिले अनशन थालेका हुन् ।

हरेक बिहान ८ देखि १० बजेसम्म काम छाडेर आन्दोलनमा उत्रिएका उनीहरुले प्रतिष्ठानको उपकुलपती कार्यालय अगाडी धर्ना दिदै आएका छन् ।

आन्दोलन सुरु गरेको १४ दिन वितिसक्दा समेत उपकुलपती डा. ज्ञानेन्द्र गिरीलगायतका पदाधिकारीहरुले माग सम्बोधन गर्न चासो नदेखाएपछि अनिश्चितकालीन रिले अनसन सुरु गरिएको प्रतिष्ठानका फ्याकल्टी वेल्फेयर सोसाइटीका अध्यक्ष डा. विष्णु पोखरेलले जानकारी दिनुभयो ।

प्रतिष्ठान सुधारको माग राखेर कुलपतीसमेत रहेका प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदा पनि सरकारले वास्ता नगरेको संघर्ष समितिका संयोजक डा. सुर्यप्रसाद रिमालले बताउनुभयो ।