Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


‘राजाको कदमलाई कू भन्न नसक्ने देउवाले जनतामा जाने प्रस्तावलाई प्रतिगमन भन्न मिल्छ ?’


0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजाको कदमलाई कू भन्न नसक्ने नेपाल कांग्रेस सभापति शेरबहादुर देउवाले जनतामा जाने प्रस्तावालाई ‘कू’ र ‘प्रतिगमन’ भन्न नमिल्ने बताउनुभएको छ ।

सोमबार मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले जनतामा जाने प्रस्तावलाई नेपाली कांग्रेसले ‘कू’ भनेको हो भने कांग्रेसले ‘कू’ भनेको बिर्सिसकेको टिप्पणी गर्नुभएको छ ।

‘जनतामा जाने प्रस्ताव कू हो भने २०१७ सालको लोकतान्त्रिक अभ्यास थियो, नेपाली कांग्रेसले कू भनेको बिर्सिसकेछ,’ उहाँले शेरबहादुर देउवालाई प्रश्न गर्दै भन्नुभयो, ‘उहाँलाई अक्षम भन्दै सत्ताबाट निकालिएको दिन माघ १९ चाहिँ के थियो ?’

‘निर्वाचित प्रधानमन्त्रीलाई अक्षम भन्दै अपदस्त गर्ने आश्विन १८ को घटना चाहिँ के थियो, कू थियो कि थिएन ?’ ओलीले थप्नुभयो, ‘त्यतिबेला त कू भन्ने शब्द उहाँको मुखबाट आउने हिम्मत भएन ।’