Logo २८ चैत्र २०८२, शनिबार | Sun Apr 12 2026


नेपाल बैंकले साढें २ अर्बको डिबेन्चर निश्कासन गर्ने


0
Shares

काठमाडौं । नेपाल बैंकले ‘१० प्रतिशत एनबिएल डिबेन्चर २०८३’ निष्काशन गर्ने भएको छ ।

बैंकले ७ बर्षका लागि १० प्रतिशत ब्याज सहित २ अर्ब ५० करोड बराबरको डिबेन्चर निश्कासन गर्न लागेको हो ।

बैंकले यसका लागि नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

कूल २५,००,००० कित्ता डिबेन्चर मध्ये १५,००,००० कित्ता डिबेन्चर व्यक्तिगत तवरबाट र १०,००,०० कित्ता डिबेन्चर सर्वसाधारणमा निष्काशन गरिने बैंकले जनाएको छ ।