३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


एनआईसी एशिया आक्रामक विस्तारमा


0
Shares

काठमाडौं । नेपालका २८ वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिस्कृत वित्तिय विवरण सार्वजनिक गरेका छन् ।

उक्त विवरण अनुसार तीन महिनामा २८ बैंकले १६ अर्ब १७ करोड खुद नाफा कमाएका छन् । जसमा एनआईसी एशिया बैंक, राष्ट्रिय वाणिज्य बैंक र नबिल बैंकको नाफा अर्ब भन्दा बढी रहेको छ ।

नेपालको बैकिङ्ग क्षेत्रमा आक्रमक ब्यवसाय बिस्तार गर्दै आइरहेको एन आई सी एशिया बैंकले राष्ट्रिय बाणिज्य बैंक र नबिल बैंकलाई अप्रत्याशित रुपमा पच्छाइरहेको छ ।

बैंकिङ्ग क्षेत्रका कान्छा सीइओको उपनामले परिचित रोशन कुमार न्यौपानेको कुसल ब्यवस्थापन तथा नेतृत्व संगै एनआईसी एशिया बैंकको अधिकाश परिसुचकहरुमा बैंकले उत्साहजनक सफलता हाँसिल गरेको बैंकले जनाएको छ ।