
– बिराज रोस्यारा/ईमेज
कैलाली । चाडपर्व सकिकएसँगै सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट कामको खोजीमा भारत जाने युवाहरुको संख्या बढ्दै जान थालेको छ ।
दसैं, तिहार मनाउन स्वदेश आएका सुदुरपश्चिमेलीहरु पुनः रोजगारीका लागि भारत जान थालेका हुन् ।
धनगढीको गौरीफन्टा नाकाबाट मात्रै दैनिक ४ सयदेखि ५ सय युवा रोजगारीका लागि भारतका विभिन्न शहरमा जान थालेका छन् ।
सुदूरपश्चिम प्रदेशका जिल्लाहरुबाट कामका लागि भारत जाने युवाहरुको संख्या ह्वात्तै बढेको छ । प्रमुख चाडपर्व सकिएसँगै फेरी कामका लागि युवाहरु भारत जान थालेका हुन् ।
भारतका विभिन्न शहरमा काम गर्दै आएका उनीहरु महिना दिनसम्म आफ्नो घरपरिवारसँग बिताएपछि पुनः रोजगारीका लागि भारततर्फ लागेका हुन् ।
अहिले गौरीफन्टा नाका भएर भारततर्फ जाने युवाहरुको लर्को नै लागेको छ । यस नाकाबाट मात्रै दैनिक ४ सय देखि ५ सय युवा रोजगारीका लागि भारतका विभिन्न शहरहरु गईरहेका छन् ।
घर परिवारको पालनपोषण गर्नका लागि कमाउन भारततिर जानै पर्ने यस प्रदेशका अधिकाँश जनाताको बाध्यता रहेको छ ।
सुदूरपश्चिम प्रदेशबाट अरु प्रदेशको तुलनामा भारत जाने नेपालीहरुको संख्या निकै बढी छ । रोजगारीका लागि गाउँका सवै युवाहरु भारत पलायन भएपछि पहाडी जिल्लाका कतिपय गाउँ युवाविहीन हुने गरेको छ ।
डोटीका नवराज खत्रीले नेपालमा पढे अनुसारको रोजगारी नभएको र कहि कतै रोजागारी खानुपरेपनि पावर विना सम्भव नभएकाले विदेशीनुपर्ने बाध्यता रहेको बताउँछन् ।
सुदुरपश्चिम सरकारले भारतमा कामका लागि जानेहरुलाई आफ्नै प्रदेशमा रोजगारी प्रदान गरी रोक्ने बताएपनि अहिलेसम्म पहलसम्म नहुँदा गाउँ गाउँबाट युवाहरु पलायन हुन क्रम बढ्दो छ ।
प्रतिक्रिया दिनुहोस्