 
	    काठमाडौं, असार ११ । नेपाली कांग्रेसले सरकारका मन्त्री मुछिएको एक घटनामा प्रधानमन्त्रीसँग सार्वजनिक रुपमा स्पष्टीकरण मागेको छ ।
जातीय विभेद गरिएको भन्ने आरोपमा जोडिएको हालैको एक घटनाका सम्बन्धमा सरकारका मन्त्री कृष्णगोपाल श्रेष्ठको संलग्नतालाई लिएर नाम उल्लेख नगरीकनै कांग्रेसले प्रधानमन्त्रीको जवाफ मागेको हो ।
प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति निकाली प्रधानमन्त्री केपी शर्मा ओलीलाई जातीय विभेदको प्रश्नमा मन्त्रीको व्यवहार स्वेच्छाचारी हो कि राज्यकै संलग्नता भन्दै प्रश्न सोध्नुभएको हो ।
राज्य संलग्न होइन भने उनलाई मन्त्रीको भूमिकामा अझै किन राखिएको ? भन्दै शर्माले जातीय विभेदबारे मन्त्रीको व्यवहार र त्यसप्रति प्रधानमन्त्रीको मौनताले गम्भीर प्रश्न उठाएको भन्नुभएको छ ।
‘हालैको एक घटनामा तपाईंको मन्त्रीमण्डलका एक मन्त्रीको व्यवहार अनि त्यसप्रति यहाँको मौनताले गम्भीर प्रश्न उठान गरेको छ,’ प्रवक्ता शर्माले भन्नुभएको छ, ‘प्रश्न रूपा सुनार र सरस्वती प्रधानबीचको संवाद र विवादको मात्र होइन । प्रश्न यो प्रकरणले उजागर गरेको हाम्रो समग्र अनुहारको धुलो सफा गर्ने या ऐना पुछ्ने भन्ने हो । सस्तो राजनीति चाहन्छौं कि जिम्मेवार ढंगले विषयको उठान र निदान गर्ने राज्य व्यवस्था चाहन्छौं भन्ने पनि हो ।’
थरकै आधारमा बबरमहलकी घरबेटी सरस्वती प्रधानले आफूलाई कोठा नदिएको भन्दै सञ्चारकर्मी रूपा सुनारले प्रहरीमा उजुरी दिएकामा हिरासतमा राखिएकी सरस्वतीलाई छुटाउन मन्त्री श्रेष्ठ आफै गएपछि कांग्रेसले सरकारसँगै प्रश्न सोधेको हो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्