३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


वन्यजन्तुबाट हुने क्षति न्यूनीकरण गर्न बिमा


0
Shares

चितवन, कात्तिक २९ । वन्यजन्तुबाट हुने क्षति न्यूनीकरण गर्न चितवनमा बिमा कार्यक्रम सुरु गरिएको छ ।

चितवनको रत्ननगर नगरपालिका वडा नम्बर–७ स्थित बाघमारा मध्यवर्ती सामुदायिक वनले आफ्ना उपभोक्ताहरुलाई बिमा कार्यक्रम सुरु गरेको हो ।

शुक्रबार प्रदेश नम्बर–३ का मुख्यमन्त्री डोरमणि पौडेलले बिमालेख हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गरे ।

मुख्यमन्त्री पौडेलले समुदायमा आधारित बिमा कार्यक्रम उत्कृष्ट रहेको भन्दै यसलाई दीर्घकालीन बनाउन स्थानीय समुदायले स्वामित्व लिनुपर्नेमा जोड दिए ।

वनका १५९ घरधुरी उपभोक्ताको बिमा गरिको छ ।

चितवन राष्ट्रिय निकुञ्जबाट आउने वन्यजन्तुको आक्रमणमा परी त्यस आसपासका व्यक्तिहरुको जीउधनको क्षति हुँदै आएको थियो ।

रत्ननगर नगरपालिका, बाघमारा मध्यवर्ती सामुदायिक वन, मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समिति र अर्थ इस्टिच्यूटको सहकार्यमा बिमा कार्यक्रम सुरु गरिएको हो ।

बिमा गर्दा वन्यजन्तुका कारणले मृत्यु भएमा १० लाख, घाइते भएमा एक लाख, घर तथा भौतिक संरचनामा क्षति भएमा १० लाख, घरपालुवा जनावरको मृत्यु भएमा १२ देखि ४० हजार रुपैयाँसम्म र बालीनालीमा क्षति भए ७५ प्रतिशतसम्म राहत पाउने व्यवस्था गरिएको छ ।