३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


मूल्य अभिवृद्धि करमा बहुदर कायम गर्न माग


0
Shares

काठमाडौं, कात्तिक २९ । नेपाल समुद्रपार निकासी पैठारी संघले मूल्य अभिवृद्धि करमा बहुदर कायम गर्न माग गरेको छ ।

संघको प्रतिनिधिमन्डलले आन्तरिक राजस्व विभागका महानिर्देशक विनोदबहादुर कुँवरलाई भेटी मूल्य अभिवृद्धि करमा बहुदर कायम गर्न र अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भित्रिने यात्रीलाई तोकिएभन्दा बढी परिमाणमा मदिरा ल्याउन नदिन पनि आग्रह गरेको हो ।

कारोबार बन्द गर्न खोज्दा करका कारणले विभिन्न झमेला हुने र तयारी वस्तुमाभन्दा कच्चापदार्थमा बढी अन्तःशुल्क लाग्ने गरेकोतर्फ पनि महानिर्देशकको ध्यानाकर्षण गराएको थियो ।

जवाफमा महानिर्देशक कुँवरले संघले उठाएका जायज मागहरुलाई सम्बोधन गर्नेतर्फ पहल गर्ने आश्वासन दिए ।