Logo १९ पुस २०८२, शनिबार | Sat Jan 3 2026


बुद्धचोकका थापालाई सनफ्लावर तेलबाट हिराको हार


0
Shares

प्रदीप पौडेल (इमेज)

पोखरा, कात्तिक २९ । पोखरा महानगरपालिका–१०, बुद्धचोक निवासी दीपकबहादुर थापाले लक्की ‘ड्र’मार्फत् तीन लाख रुपैयाँ मूल्य बराबरको हिराको हार उपहार प्राप्त गरेका छन् ।

केएल दुगडअन्तर्गत् स्वस्तिक आयल इन्डस्ट्रिजद्वारा उत्पादित सनफ्लावर तेल खरिद गरेका थापालाई लक्की ड्रमा उक्त उपहार परेको हो ।

पोखरामा एक कार्यक्रमकाबीच कम्पनीका व्यवस्थापक उपेन्द्र सिग्देलले थापालाई उपहार हस्तान्तरण गरे ।

उक्त तेल खरिद गरेवापत् प्रत्येक १५ दिनमा लक्की ‘ड्र’मार्फत एकजनालाई हिराको हार, हिराको झुम्का र टप उपहार राखिएको कम्पनीले जनाएको छ ।

तीन महिनापछि गोलाप्रथाद्वारा बम्पर उपहारसमेत प्रदान गरिने कम्पनीले जनाएको छ ।

थापाले तेल खरिद गरेको स्टोर्सका सन्चालकलाई पनि कम्पनीले ३२ इन्चको रंगिन टीभी प्रदान गरेको थियो ।