
पर्वत । पर्वत विभिन्न गाँउहरुमा कृषकहरुलाई धान काट्ने र थन्क्याउने चटारो छ । तर रोजगारीका लागि युवाहरु विदेशिएपछि गाउँमा कृषि जनशक्ति नहुँदा कृषकहरु समस्यामा परेका छन् ।
जिल्लाको धानको पकेट क्षेत्र मानिने कुश्मा नगरपालिका, फलेबास नगरपालिका, जलजला गाउँपालिका लगायतका ठाउँमा कृषि मजदुर नपाउँदा कृषककहरु समस्या परेका हुन् ।
धान पाकेर भुइमा झर्न थालिसके पनि खेताला नपाएर धान काट्न नसकिएको कुश्मा नगरपालिका वडा नं. ११ पिपलटारीका रमेश पौडेलले बताए । जनशक्तिको अभावले समस्या भएको कृषककहरुको भनाई छ ।
गाउँमा एकजना खेतालाको पारिश्रमिक पाँच सय रुपैयाँदेखि छ सय रुपैयाँसम्म रहेको छ । पहिले छिमेकी गाउँ तथा अर्म पर्म गरेर धान काट्दै आउनेगरे पनि अहिले युवाहरु विदेशिएसँंगै समस्या भएको कृषकहरुको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्