 
	    काठमाडौं, असार ७ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
१० हजार ९०४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १५८४ तथा एन्टिजेन विधिबाट ७१३ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ३ हजार १३० जना संक्रमणमुक्त भएका छन् ।
त्यस्तै ४६ जनाको मृत्यु भएको छ ।
काठमाडौं उपत्यकामा सोमबार थप ३७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका २८५, ललितपुरका ६१ र भक्तपुरका ३३ जनामा संक्रमण पुष्टि भएको हो ।
हाल देशभर ५३ हजार ९४० सक्रिय संक्रमित रहेका छन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्