
इलाम । इलाम लगायत पूर्वी पहाडका किसानहरुलाई अझैपनि अलैँची सुकाउन परम्परागत भट्टीकै प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ ।
बढी लागत पर्ने भएकाले आधुनिक भट्टी किन्न नसक्दा परम्परागत भट्टीमा नै किसानको विश्वास रहेको छ ।
धुवाँ लागेको अलैँची लामो समयसम्म टिक्ने भएकाले र आधुनिक भट्टीमा अलैँची सुकाउने दक्ष जनशक्ति नभएकाले पनि परम्परागत भट्टी चलाउनु परेकोको किसानहरुको भनाई छ ।
यता कृषि ज्ञान केन्द्र इलामले चालु आर्थिक वर्षमा आधुनिक अलैची भट्टीमा ३० लाख लगानी गर्ने भएको छ ।
यसबाट ७५ प्रतिशत अनुदानमा किसानले ३० वटा सुधारिएको भट्टी पाउने भएका छन् ।
सुधारिएको भट्टीमा एक पटकमा दुई सय किलोसम्म अलैंची सुकाउन मिल्ने बताइएको छ ।
अलैँची सुकाउन परम्परागत पद्दति अपनाउनाले कम गुणस्तरीय अलैँची बजारमा जाने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्