३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


वैदेशिक रोजगारीलाई रोक्न सकिँदैन, व्यवस्थित गर्नुपर्छ : उपराष्ट्रपति


0
Shares

काठमाडौं, कात्तिक २६ । आप्रवासी कामदारहरुको मानवअधिकार संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु भएको छ ।

मंगलबार सम्मेलनको उद्घाटन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले वैदेशिक रोजगारीलाई रोक्न नसकिने भएकाले त्यसलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए ।

उनले आप्रवासी कामदारको अधिकार संरक्षणका लागि नेपाल सरकार सदैव तयार रहेको भन्दै कामदारका अधिकार सुनिश्चित गर्ने प्रयासहरु भइरहेको बताए ।

श्रम सम्झौतालाई प्राथमिकता : मन्त्री विष्ट

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले आप्रवासी श्रमिकहरुको अधिकार संरक्षण गर्न नेपाल सरकारले गन्तव्य मुलुकहरुसँगको श्रम सम्झौतालाई प्राथमिकता दिएको बताए ।

‘कामदार भर्ना प्रक्रियामा अस्वस्थ प्रतिस्पर्धाका कारण समस्या’

यस्तै, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले वैदेशिक रोजगारीमा कामदारले न्यून तलब पाउने, महिला कामदरले दुर्व्यवहार सहनुपर्ने, कामदार भर्ना प्रक्रियामा अस्वस्थ प्रतिस्पर्धाजस्ता समस्या भएको भन्दै सम्मेलनले यस्ता विषयहरुको सम्बोधन गर्ने विश्वास व्यक्त गरे ।

राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले कामदार भर्ना प्रक्रियामा अस्वस्थ प्रतिस्पर्धाका कारण समस्या आउने गरेको बताए ।

तीन दिनसम्म चल्ने सम्मेलनमा २७ मुलुकका प्रतिनिधिहरु सहभागी छन् ।