
पाँचथर । कृषकले लगाएको किवीले बजार मूल्य नपाउँदा कृषक चिन्तित बनेका छन् ।
जिल्लाका अधिकांश पालिकामा हुने किवीले बजार नपाउँदा कृषकहरु चिन्तित बनेका हुन् । गाउँमा व्यापारी किन्न नआउने, आफूले बजारमा लगेर बिक्री गर्न समय लाग्ने हुँदा कृषकले लगाएको किवी बोटैमै पाकेर खेर गइरहेको हो ।
उचित मूल्य नपाएपछि अहिले आफूले लगाएको किवी आफैँ खाने तथा पाहुनालाई दिने गरेको फालेलुङ २ एकतिनका कृषक चुडामणि अधिकारीले बताए । अहिले प्राय जिल्लाका अधिकांश कृषकले लगाएको किवी किन्न व्यापारीहरु नजाँदा कृषकहरु निरास बनेका हुन् ।
बजारमा अहिले किवी प्रतिकेजी २ सय रुपैयाँसम्म बिक्री हुने गरेको छ । किवी फलको फाइदाबारे प्रचारप्रसार नहुँदा पनि मानिसहरुले किवीको प्रयोग नगरेको हुन सक्ने कृषकहरुको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्