३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


नविकरणीय ऊर्जाको प्रयोगलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड


0
Shares

काठमाडौं, कात्तिक २५ । सरकारले नविकरणीय ऊर्जाको प्रयोगलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिएको छ ।

प्राक्टिकल एक्सनले सोमबार काठमाडौंमा गरेको ऊर्जा विषयक प्रदर्शनीमा ‘नास्ट’का प्रविधि संयोजक प्रमुख रविन्द्र ढकालले प्रविधिको विकासबाट नविकरणीय ऊर्जाको प्रयोग बढाउन सकिने बताए ।

उर्जाको प्रयोगबाट वातावरणमाअनुकूल सुधार गर्न सकिने भन्दै सरकारले ऊर्जालाई ग्रामीणमुखी बनाउनुपर्नेमा जोड दिए ।

उनले प्रविधिको आयात नभइ आफ्नै देशबाट प्रविधिको विकास गर्नसके दिगो हुने बताए ।

उनले ऊर्जाबाट स्वस्थ परिवारका लागि आधुनिक चुलो, विद्युतीय चुलो प्रयोग गर्नसके घरभित्र हुने धुवाँबाट लाग्ने रोगबाट बच्न सकिने बताए ।

नेपालमा अझैपनि ७५ प्रतिशतभन्दा बढी जनसंख्याले खाना पकाउन दाउराको प्रयोग गर्ने गरेको पनि उनले बताए ।

कार्यक्रममा नविकरणीय ऊर्जाबाट देखिने प्रत्यक्ष फाइदा र यसको प्रयोग विधिकोबारेमा जानकारी गराइएको थियो ।

प्रदर्शनीमा नविकरणीय ऊर्जा प्रविधि, विद्युतीय चुलो, सौर्य ऊर्जालगायतका स्टल राखिएका थिए ।