Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


निर्यात प्रवर्द्धन गर्नका लागि सरकार प्रतिबद्ध : अर्थमन्त्री


0
Shares

काठमाडौं, कात्तिक २५ । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकार निर्यात प्रवर्द्धन गर्नका लागि प्रविधि र पुँजीमा सहयोग गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता संघको दोस्रो वार्षिक साधारणसभाका अवसरमा मन्त्री खतिवडाले सरकारले निर्यातजन्य उद्योगलाई बलियो बनाउनका लागि सरल ब्याजदरमा कर्जा प्रवाह गर्ने तथा निश्चित ब्याजदरमा सरल कर्जा पाउने वातावरण तयार गर्ने बताए ।

पछिल्लो समय निर्यात वृद्धि भएको भन्दै उनले आगामी दिनमा सरकारले निर्यातमा लगानी बढाउने प्रतिबद्धता व्यक्त गरे ।

निर्यात प्रवर्द्धनका लागि विभिन्न राजदूतावाससँगको सहकार्यमा मेला आयोजना गर्न सहयोग गर्ने पनि खतिवडाले बताए ।

नेपाल पश्मिना उद्योग संघका अध्यक्ष दुर्गाविक्रम थापाले बैंकको ब्याजदर महँगो भएको, निर्यातमा बजेट अभाव भएका कारण आफूहरुलाई असहज भएको बताएका थिए ।

संघका वरिष्ठ उपाध्यक्ष हरिबहादुर ठकुरीले निर्यातका लागि सरकारबाट आवश्यक सहयोग हुन नसकेको गुनासो व्यक्त गरेका थिए ।

Skip This