३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनमा सघाउने परिसंघको प्रतिबद्धता


0
Shares

काठमाडौं, कात्तिक २५ । नेपाल उद्योग परिसंघले सामाजिक सुरक्षा कार्यक्रमको कार्यान्वयनमा सघाउने प्रतिबद्धता जनाएको छ ।

सरकार, निजी क्षेत्र र ट्रेड युनियनबीच भएको त्रिपक्षीय सहमतिबाट आएको ‘योगदानमा आधारित सुरक्षा योजना’ कार्यक्रमको कार्यान्वयनमा पुनः प्रतिबद्धता जनाएको हो ।

सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आयोजित अन्तरक्रियामा परिसंघले योजना कार्यान्वयन तहमा देखिएका समस्या समाधान गर्दै अघि बढ्ने जानकारी गराएको हो ।

परिसंघका अध्यक्ष सतिशकुमार मोरले योजना कार्यान्वयनमा देखिएका समस्या समाधानका लागि परिसंघको विशेषज्ञ कार्यदलले तयार गरेको लिखित सुझाव पनि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टलाई हस्तान्तरण गरेका थिए ।

परिसंघले योगदानकर्ता श्रमिकले पाउने प्रतिफल र वित्तीय सुरक्षा, विदेशी कामदारको प्रश्न, दोहोरो कर तथा कोषले योगदानकर्ताका लागि दिने लगानी नीतिकाबारेमा रोजगारदाता तथा श्रमिकहरुका सुझावहरु समेटेर प्रतिवेदन तयार गरेको जनाएको छ ।