Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


निजी क्षेत्रलाई हतोत्साहित पार्ने कार्य नहोस् : महासंघ


0
Shares

काठमाडौं, कात्तिक २४ । निजी क्षेत्रलाई हतोत्साहित पार्ने कार्य नगर्न नेपाल उद्योग वाणिज्य महासंघले सरकारको ध्यानाकर्षण गराएको छ । 

मुलुकभित्र उद्यमशीलताको प्रवद्र्धन गर्दै राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउँदै आएको प्रमुख औद्योगिक एवं व्यावसायिक क्षेत्रका उद्योगपतिलाई स्वदेश फर्कनेक्रममा पक्राउ गरी हिरासतमा लिएपछिको अवस्थाप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको महासंघले आइतबार विज्ञप्ति जारी गरी जनाएको हो ।

मुलुकको उद्योग–व्यवसायको विकासमा ठूलो योगदान दिनुका साथै हजारौंलाई रोजगारी दिएको, मुलुकलाई प्रत्येक वर्ष ठूलो मात्रामा राजश्वसमेत बुझाउँदै आएका मुलुकका प्रतिष्ठित उद्योगपतिमाथि बिनासोच–विचार हतार–हतार गरिएको यस प्रकारको व्यवहारले निजी क्षेत्र प्रोत्साहित नहुने अवस्था रहेको महासंघको ठहर छ ।

‘उद्योगी–व्यवसायीहरूमाथि हुने यस प्रकारको रवैयाले स्वदेशी एवं विदेशी लगानीको वातावरणमा प्रतिकूल प्रभाव पर्नसक्ने सम्भावनातर्फ ध्यानाकर्षण गराउँदै मुलुकभित्रका उद्यमी–व्यवसायीलाई राज्यका सबै सरोकारवाला निकायबाट कानुनी शासनको अवधारणाअनुरुप सम्मानजनक व्यवहार गर्न महासंघ जोडदार माग गर्दछ’—विज्ञप्तिमा भनिएको छ ।