
काठमाडौं, कात्तिक २४ । साताको सुरुको दिन आइतबार सेयरबजार ऋणात्मक रह्यो ।
उतार–चढावबीच बजार परिसूचक नेप्से नगन्य अंकले रातो रहेर ११ सय ३१.८० कायम भएर थामियो ।
कारोबारको सुरुआती समय सुधारिएर केही समय सकारात्मक रहिसकेको नेप्से उतार–चढाव हुँदै अन्तिममा ऋणात्मक रहेर थामियो ।
यसदिन आधाभन्दा बढी समूह रातो रहे । यसदिन जीवनबिमा, होटल, जलविद्युत्, विकास बैंक, वाण्ज्यि बैंक र सामूहिक लगानी कोष ओरालो लागे । जीवनबिमा सबैभन्दा उच्च ३९ अंक अनि होटल समूह पनि दोहोरो अंकले झरे । उत्पादनमूलक, अन्य, लघुवित्त, निर्जीवन बिमा र वित्त समूह भने सामान्य अंकले सकारात्मक रहे ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १६३ कम्पनीका १० लाख कित्ता बराबर सेयर २९ करोड ३२ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्