
तेह्रथुम । गाउँहरुमा सडक सञ्जाले जोडिए पनि भरपर्दाे सवारी साधन अझै सञ्चालनमा आउन सकेका छैनन् ।
वर्षा तथा अन्य मौसममा पनि सवारी साधनको भर नहुने हुँदा तेह्रथुमको पश्चिमी क्षेत्र आङदिमका स्थानीय घोडाबाटै ढुवानी गर्दै आएका छन् ।
यहाँ उत्पादित दुध, तरकारी, फलफूल तथा दैनिक उपभोग्य सामाग्री ढुवानी गर्ने भरपर्दाे माध्यम घोडा बन्दै आएको छ ।
स्थानीय स्तरमा उत्पादन भएको विशेष गरी दुध तथा किसानले उत्पादन गरेको कृषिजन्य सामाग्री ढुवानीका लागि घोडा प्रयोग गर्ने गरेको स्थानीय बताउँछन् ।
गाउँबाट घोडाले ढुवानी गर्न थालेपछि यहाँका किसानले उत्पादन गरेको वस्तुलाई बजारसम्म पु¥याउन सहज बनेको छ ।
घोडाबाट ढुवानी गरेर मात्रै वार्षिक २ लाख ५० हजार आम्दानी हुने घोडा मालिक राज कुमार पन्त बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्