३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


भैरहवामा तरुल, शखरखण्ड र सिंगडाको व्यापार बढ्दो


0
Shares

रुपन्देही । भैरहवामा तरुल, शखरखण्ड र सिंगडाको व्यापार बढेको छ । हरिबोधनी एकादशीका दिन श्रद्धालुहरु व्रत बस्ने र कन्दमूल खाने भएकाले पनि तरुल, सखरखण्ड र सिंगडाको कारोबार बढी हुने गरेको छ ।

एकादशीका लागि तराइका जिल्लामा पाइने सिङगडा तथा पहाडि जिल्लाबाट आउने सखरखण्ड तथा तरुलको व्यापार बढेको व्यापारीहरुले बताएका छन् ।

पर्वका बेलामा ग्राहकहरु सिंगडा, तरुल तथा शखरखण्ड खोज्ने भएकाले अन्य समयको तुलनामा बढी व्यापार हुने व्यापारी बताउँछन् ।

विशेष गरि हरिबोधिनी एकादशी र माघीमा तरुल लगायत विभिन्न कन्दमूलको बिक्री हने बताइएको छ ।

भैरहवा बजारका विभिन्न ठाउँमा बिहानैदेखि विभिन्न प्रकारका तरुल र कन्दमूल बिक्री गर्न बस्ने घुमन्ते व्यापारीहरुसमेत बढेका छन् ।

एकसाता अघिसम्म ५० देखि सय रुपैयाँसम्ममा बिक्री भएको तरुल तथा कन्दमूल आज ८० रुपैयाँदेखि १ सय ५० रुपैयाँसम्म पुगेको छ ।

एकादशीमा रुपन्देहीमा मात्रै करिब ३० टन तरुल तथा कन्दमूल खपत हुने व्यवसायीको अनुमान छ ।