२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


इंग्ल्याण्डका डिफेन्डर आर्नोल्डले चोटका कारण युरोकप नखेल्ने


0
Shares

एजेन्सी । इंग्ल्याण्डका डिफेन्डर ट्रेन्ट एलेक्जेन्डर आर्नोल्डले युरोकप फुटबल गुमाउने भएका छन् ।

चोटका कारण राइट ब्याक आर्नोल्डले युरोकप गुमाउने भएका हुन् । इंग्ल्यान्डले घोषणा गरेको टिममा २२ वर्षे आर्नोल्ड रहेका थिए ।

तर, बुधबार राति अष्ट्रियासँगको मैत्रीपूर्ण खेलमा आर्नोल्डलाई चोट लागेको थियो ।

लिभरपुलका डिफेण्डर समेत रहेका आर्नोल्ड करिब ६ हप्ता मैदान बाहिर रहने छन् । युरोकप फुटबल जुन ११ देखि जुलाई ११ सम्म आयोजना हुँदैछ ।

युरोकपमा इंग्ल्यान्ड समूह ‘डी’ मा रहेको छ । यस समूहमा इंग्ल्याण्डसँगै क्रोएसिया, स्कटल्याण्ड र चेक रिपब्लिक रहेका छन् ।