Logo २३ पुस २०८२, बुधबार | Thu Jan 8 2026


‘जापान उडान क्रमशः नाफामा जानेक्रममा’


0
Shares

काठमाडौं, कात्तिक २० । नेपाल वायुसेवा निगमले एक वर्षको अवधिमा दुई अर्ब बढी रुपैयाँ बचत गर्ने दाबी गरेको छ ।

निगमले बुधबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा विभिन्न उपाय लगाएर भएपनि बचत गर्ने दाबी गरिएको हो ।

खर्च कटौती र गन्तव्य विस्तारका माध्यमबाट बचत गर्ने योजना रहेको निगमका कार्यकारी अध्यक्ष मदन खरेलले बताए ।

जापान उडान क्रमशः नाफामा जानेक्रममा रहेको र अन्य गन्तव्यमा निगम नाफामै उडेको पनि खरेलले बताए ।

आगामी मार्चसम्म जापानको नारिता, साउदी अरबको रियाद र चीनको ग्वाङ्झाउ उडानको तयारी निगमले गरिरहेको अध्यक्ष खरेलले बताए ।