Logo १२ कार्तिक २०८३, बिहिबार | Fri Oct 30 2026


उपेन्द्र यादव जसपाको साधारण सदस्यबाट निष्कासित, किताबबाट नाम हटाउन आयोगलाई पत्र


0
Shares

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्नुभएको छ ।

मंगलबार पार्टी कार्यालय बबरमहलमा बसेको केन्द्रीय कार्यकाारिणी समितिको बैठकले यादवलाई कारबाही गरिएको निर्वाचन आयोगमा पेश गरिएको पत्रमा उल्लेख छ ।

पत्रमा भनिएको छ, ‘पार्टीको विधान, नीति र निर्णयहरू विपरित कार्य गरिरहेको सन्दर्भमा निजलाई पटक–पटक स्पष्टीकरण सोध्दा पनि जवाफ नदिएकाले तथा पार्टीको सम्पर्कमा समेत नआएकाले पार्टीको विधानको दफा ५० को (१) बमोजिम अनुशासनसम्बन्धी कारबाही भइ साधारण सदस्यसमेत नरहनेगरी पार्टीबाट निष्कासित गरिएको जानकारी गराइन्छ ।’

पत्रमा आयोगलाई दल दर्ताको किताबबाट उपेन्द्र यादवको नाम हटाएर अद्यावधिक गर्नसमेत अनुरोध गरिएको छ ।

यसअघि, मंगलबार नै उपेन्द्र यादव पक्षले ठाकुर समूहका ठाकुरसहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सवेन्द्रनाथ शुक्लालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरी दल दर्ता किताबबाट नाम हटाउन अयोगलाई पत्र पठाएको थियो ।

Skip This