Logo २१ पुस २०८२, सोमबार | Tue Jan 6 2026


एमालेका सुदूरपश्चिम प्रदेश सरकारका ६ जना मन्त्रीले बुझाएनन् स्पष्टीकरण


0
Shares

काठमाडौं । नेकपा एमालेबाट शुक्रबार नियुक्त भएका सुदूरपश्चिम प्रदेश सरकारका ६ जना मन्त्रीले स्पष्टीकरण बुझाएका छैनन् ।

पार्टीको स्थायी कमिटीको निर्णय विपरीत प्रदेश सरकारको मन्त्री मण्डलमा सहभागी भएको भन्दै २४ घण्टे अल्टिमेटम दिँदै एमाले प्रदेश कमिटीले शनिबार स्पष्टीकरण मागेको थियो ।

सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्ण थापाले ६ जना मन्त्रिले स्पष्टीकरण पेश नगरेको बताउनुभयो । अहिलेसम्म स्पष्टीकरण नबुझाएको प्रदेश कमिटीका थापाले अब उनीहरु माथि पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही हुने र प्रक्रिया अगाडि बढिसकेको बताउनुभयो।

गत सोमबार एमालेको स्थायी कमिटीको बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेपनि बुधबार बसेको प्रदेश संसदीय दलको बैठकले भने तत्काल सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको थियो । शुक्रबार मात्र एमालेले सरकारमा रहेका ३ जना मन्त्रीलाई राजीनामा दिन लगाएर ७ जना मन्त्री थपेको थियो ।