
काठमाडौं, कात्तिक १९ । ऊर्जामन्त्री वर्षमान पुनले राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइ आयोजनाको अनुगमन गरेका छन् ।
मन्त्री पुनले बाँकेमा रहेको आयोजनाको मंगलबार स्थलगत निरीक्षण गर्दै आयोजना समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् ।
लामो समयसम्म पनि आयोजना नबनेका कारण स्थानीयसमेत प्रभावित भइरहेको भन्दै समयमै सम्पन्न गर्न निर्देशन दिएको मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय गौरवको आयोजना भएपनि लामो समयसम्म सम्पन्न हुन नसकेका कारण समस्या भइरहेको भन्दै आयोजनाको निरन्तर अनुगमन हुने मन्त्री पुनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्