Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


सनराइज बैंकको तीन अर्बको ऋणपत्र जारी


0
Shares

काठमाडौं, कात्तिक १९ । सनराइज बैंकले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गरेको छ ।

बैंकले एक हजारअंकित दरको सात वर्ष भुक्तानी अवधि भएको वार्षिक १०.२५ प्रतिशत व्याजदर अर्धवार्षिकरुपमा भुक्तानी गर्नेगरी ऋणपत्र जारी गरेको हो ।

यही कात्तिक २० गतेदेखि निष्कासन भइ छिटोमा कात्तिक २४ र ढिलोमा मंसिर १९ गतेसम्म खुला रहने बैंकले जनाएको छ ।

तीन अर्बमध्ये १२ लाख कित्ता बराबरको एक अर्ब २० करोड रुपैयाँको ऋणपत्र सर्वसाधारणहरुमा सार्वजनिक निष्कासनको माध्यमबाट बिक्री गर्न एवं १८ लाख कित्ता बराबरको एक अर्ब ८० करोड रुपैयाँको ऋणपत्र परिपत्र विधिबाट संस्थागत एवं व्यक्तिहरुलाई बिक्री खुला गरिएको बैंकले जनाएको छ ।

ऋणपत्रमा सर्वसाधारणले न्यूनतम् २५ कित्ता र अधिकतम् तीन लाख कित्ता आवेदन गर्न पाउनेछन् ।