३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


सेयरबजार मंगलबार पुनः ऋणात्मक


0
Shares

काठमाडौं, कात्तिक १९ । अघिल्लो दिन नगन्य अंकले हरियो रहेको सेयरबजार मंगलबार पुनः ऋणात्मक रह्यो ।

उतार–चढावबीच बजार परिसूचक नेप्से १ अंक बराबरले ऋणात्मक रही ११ सय ३९.४५ कायम भएर थामियो । कारोबार भने सामान्य सुधारियो ।

यसदिन उत्पादनमूलक, वाणिज्य बैंक, लघुवित्त र सामूहिक लगानी कोष हरियो रहेबाहेक अरु ऋणात्मक रहे । बिमा समूहमा दोहारो अंकको गिरावट आयो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १६२ कम्पनीका १० लाख ५८ हजार कित्ता सेयर साढे २८ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।