६ भाद्र २०८२, शुक्रबार | Sat Aug 23 2025


हतियार प्रहार गरी दम्पतीको हत्या, घटनास्थलमा भेटियो बियरको बोतल


0
Shares

काभ्रे । नमोबुद्ध–८, तल्लो हटियामा एक दम्पती मृत फेला परेका छन् । धारिलो हतियार प्रहार गरी उनीहरुको हत्या गरिएको प्रहरीले जनाएको छ ।

 मृत्यु हुनेमा श्यामकृष्ण श्रेष्ठ र उनको श्रीमती रुकुमाया श्रेष्ठ छन् । सिरकले छोपेको अवस्थामा शव फेला परेको काभ्रेका प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिए । 

शव क्षतबिक्षत अवस्थामा रहेको छ । घटनास्थलमा बियरका बोतल, गाँजा र सुर्तीको धुलो छरिएको अवस्थामा भेटिएको छ ।

 घरमा नै चियापसल सञ्चालन गर्दै आएका दम्पतीले घरेलु मदिरा समेत बिक्री गर्दै आएका थिए । छिमेकीका अनुसार, राती ८ बजे दम्पती खाना खाएर सुत्न गएका थिए ।

मदिरा सेवन गर्न अवेर आएकाहरुले विवाद हुँदा हत्या गरेको आशंका प्रहरीको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक सापकोटाले जानकारी दिए ।