३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


एडीबीद्वारा नेपालका लागि पाँच अर्ब रुपैयाँ बढी ऋण सहयोग स्वीकृत


0
Shares

काठमाडौं, कात्तिक १८ । एसियाली विकास बैंक (एडीबी)ले नेपालको कृषि तथा खाद्य सुरक्षा सुधारका लागि पाँच अर्ब रुपैयाँ बढी ऋण सहयोग स्वीकृत गरेको छ ।

नेपालको खाद्य सुरक्षा सुधार एवं कृषिको व्यावसायीकरणका लागि पाँच करोड अमेरिकी डलर ऋण सहयोग स्वीकृत गरेको एडीबीको नेपालस्थित कार्यालयले जानकारी गराएको हो ।

नेपालको अर्थतन्त्रमा कृषि क्षेत्रको अहं भूमिका रहँदै आएको छ । यसको सम्भावना पनि प्रशस्त छ ।

यसका बाबजुद् पनि दक्षिण एसिया क्षेत्रमा नै नेपालको कृषि क्षेत्रमा न्यून उत्पादकत्व रहेकाले यसमा सुधारका लागि सहयोग गर्न लागिएको बैकले जनाएको छ ।