३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


उर्जा र जलस्रोतको विकासबाट मात्र ‘समृृद्ध नेपाल सुखी नेपाली’ सपना साकार हुने


0
Shares

काठमाडौ । उर्जामन्त्री वर्षमान पुनले आगामी तीन वर्षभित्र प्रत्येक परिवारमा वैकल्पिक उर्जाको पहुृँच पुर्‍याउने सरकारको लक्ष्य रहेको बताएका छन् ।

आज ललितपुरमा वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रको २३ औं बार्षिकोत्सव कार्यक्रममा उनले सबैको पहुँचमा नविकरणीय उर्जा पुर्‍याउने सरकारको दीर्घकालीन लक्ष्य भएकाले त्यही अनुरुपको काम गर्न निर्देशन दिए ।

मन्त्री पुनले उर्जा र जलस्रोतको विकासबाट मात्र समृृद्ध नेपाल सुखी नेपालीको नारा साकार हुने भन्दै उर्जाको विकासबाट नेपालीलाई आत्मनिर्भर बनाउनु पर्नेमा जोड दिए ।

उर्जामन्त्री पुनले वैकल्पिक उर्जाबाट १८ प्रतिशत जनतामा विद्युत पुगेको दाबी समेत गरे ।

कार्यक्रममा उर्जासचिव दिनेश घिमिरेले वैकल्पिक उर्जामा लगानी गर्न सकिए मुलुक आत्मनिर्भर हुने र ग्रामीण जलविद्युतको विकास गरी जीवनस्तरमा सुधार ल्याउन सकिने बताए ।

कार्यक्रममा नविकरणीय उर्जाको क्षेत्रमा क्रियाशिल  विभिन्न संघ, संस्थालाई पुरस्कृत गरिएको थियो ।