
काठमाडौं, कात्तिक १६ । चालू आर्थिक वर्षको तीन महिनासम्मको अवधिमा निर्यातमा सुधार आएको देखिएको छ । असोज महिनासम्मको निर्यात १४ प्रतिशतले वृद्धि भएको छ ।
भन्सार विभागको असोज मसान्तसम्मको तथ्यांकअनुसार निर्यात १४ प्रतिशतले बढेको छ भने व्यापार घाटा १०.३४ प्रतिशतले घट्न पुगेको छ ।
नेपालबाट सबैभन्दा धेरै गलैंचा, पश्मिनाजन्य सामान भारत, चीन, पाकिस्तान, जर्मनी, अमेरिकालगायतका देशमा निर्यात हुने गरेको छ ।
विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको तीन महिनामा निर्यातमा १४.४१ प्रतिशतले वृद्धि भइ २७ अर्ब १६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा निर्यात २३ अर्ब ७४ करोड थियो ।
यसै अवधिमा व्यापार घाटासमेत १० प्रतिशतले घटेर तीन अर्ब सात करोडमा सीमित भएको जनाइएको छ । अघिल्लो वर्ष सोही अवधिमा व्यापार घाटा तीन अर्ब ४९ करोड पुगेको थियो ।
यस अवधिमा नेपालबाट सबैभन्दा बढी पाम आयल निर्यात भएको छ । पाम तेल पाँच अर्ब ७५ करोडको निर्यात भएको छ भने एक अर्ब ४७ करोड बराबरको सोयाबिन तेल निर्यात भएको विभागको तथ्यांक छ ।
यसै अवधिमा एक अर्ब ९५ करोडको गलैंचा निर्यात भएको छ । ७७ करोड ६५ लाखको ऊनी धागो, ६८ करोडको जुटजन्य सामग्री, ७७ करोडको चिया निर्यात भएको विभागले जनाएको छ ।
समीक्षा अवधिमा नेपालबाट मिक्स जुस ७४ करोडको तथा ५६ करोडको पश्मिना सल निर्यात भएको विभागको तथ्यांक छ ।
प्रतिक्रिया दिनुहोस्