
काठमाडौं । सनराईज बैंकले आफ्ना शेयरधनीलाई १५ प्रतिशत लाभांश दिने भएको छ ।
बैंकको शुक्रबार सम्पन्न १२ औं साधारण सभाले १० प्रतिशत बोनश शेयर र ५.८ प्रतिशत नगद लाभाशं गरि जम्मा १५.८ प्रतिशत प्रतिफल दिने प्रस्ताव पारित गरेको हो ।
बैंकले अघिल्लो वर्षको बैंकको पुँजी वृद्धि योजना अन्तर्गत बोनश शेयर, हकप्रद शेयर पश्चात कायम हुन पुगेको चुक्ता पुँजीको वृद्धिको हिसाबले पनि शेयरधनीलाई आकर्षक प्रतिफल दिन सकेको जनाएको छ ।
बैंकका अध्यक्ष्य मोतिलाल दुगडले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै मर्जर र एक्विजिशनको लागी समेत आवश्यक कदम चालिरहेको बताए ।
बैंकले चालु वर्षमा ३१ वटा शाखा विस्तार गर्दै कुल शाखा संख्या १ सय २२ पुर्याएको छ ।
यस्तै यही बर्ष २८ सहित कुल एटिएमको संख्या १ सय ४१ पु¥याईसकेको बैंकले जनाएको छ ।
बैंकले चालु आर्थिक वर्षमा शाखा, एटिएम संजाल तथा शाखारहित इकाइहरुको स्थापनालाई प्राथमिकतामा राखेको पनि जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्