
काठमाडौं, कात्तिक १५ । यही कात्तिक अन्तिम साता राजधानीमा ‘फुड एन्ड बेभरेज तथा आतिथ्यता एक्स्पो २०१९’ हुने भएको छ ।
आयोजक हाउस अफ राजकर्णिकारले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी व्यापार प्रवर्द्धनका लागि यस्तो मेला आयोजना गर्दै आएको जानकारी दिएको हो ।
हाउस अफ राजकर्णिकारले व्यापार प्रवर्द्धन तथा खानाकोबारेमा जानकारी दिने उद्देश्यले वर्षेनि यस्तो मेलाको आयोजना गर्दै आएको हो ।
काठमाडौंको भृकुटीमन्डपस्थित प्रदर्शनीहलमा कात्तिक २१ देखि २४ गतेसम्म चल्ने एक्स्पोले व्यापारीहरुको संयोजनका लागि सहयोग गरी व्यापार प्रवर्द्धनका लागि सघाउ पुर्याउने हाउस अफ राजकर्णिकारका प्रबन्ध निर्देशक वीरेन्द्र राजकर्णिकारले बताए ।
तत्कालको व्यापारभन्दा पनि दीर्घकालीन व्यापार प्रवर्द्धन गर्नु मेला आयोजनाको मुख्य उद्देश्य रहेको राजकार्णिकारले जानकारी दिए ।
मेला ३० देखि ४० हजार अवलोकनकर्ताले अवलोकन गर्ने अनुमान गरिएको छ । एक्स्पोले १५ हजार बढी व्यापारी वर्गलाई समेट्ने आयोजकको दाबी छ ।
प्रतिक्रिया दिनुहोस्