
काठमाडौं, कात्तिक १५ । बिहीबार सुनको मूल्यमा सामान्य कमी आयो ।
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ५०० रुपैयाँले ओरालो लागेर तोलाको ७० हजार ५०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मूल्य तिहारको बिदाअघि गएको शुक्रबार तोलाको ७१ हजार रुपैयाँमा कारोबार भएको थियो ।
बिहीबार चाँदीको भाउ भने तोलाको ८६० रुपैयाँमै स्थीर रह्यो ।
अन्तर्राष्ट्रिय बजारमा बिहीबार साँझसम्म सुन प्रतिऔंस १५ सय ७ डलर हाराहारीमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्