
वीरगन्ज, कात्तिक १४ । वीरगन्जमा सिर्सिया खोलाको प्रदूषण नियन्त्रण गर्न माग गर्दै बिहीबार प्रदर्शन गरिएको छ ।
बारा–पर्सा औद्योगिक करिडोरमा सन्चालित उद्योगबाट निस्किएको रसायनयुक्त पानी तथा फोहोरका कारण खोलामा पुगेको असर तत्काल रोक्न माग गर्दै सिर्सिया बचाउ अभियान समितिले प्रदर्शन गरेको हो ।
घन्टाघर चोकबाट विभिन्न नारासहित निकालिएको विरोधजुलुसमा वीरगन्ज महानगरपालिकाका वडाध्यक्षहरुकोसमेत सहभागिता रहेको थियो ।
संघर्ष समितिको ज्ञापनपत्र बुझ्दै नगरप्रमुख विजयकुमार सरावगीले उद्योगको फोहोर खोलामा मिसाउनेहरुलाई नियन्त्रणमा लिएर कारबाही गर्ने आश्वासन दिए ।
उद्योगको दुषित पानी, रसायन र अरु उद्योगजन्य फोहोर खोलाको पानीमा मिसाउनेविरुद्ध कडा कारबाही गर्न महानगरपालिकाले स्थानीय प्रशासनलाई निर्देशन दिएको दाबीसमेत नगरप्रमुख सरावगीले गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्