 
	    काठमाडौं । भारत प्रशासित काश्मीरको कुलगाम जिल्लाको कातरसूर गाउँमा पाँच जनाको गोली हानी हत्या गभएको छ ।
घटनामा एक जना घाइते भएको बताइएको छ । गएराति करीब ९ बजे पाँच मजदूरुको गोली हानी हत्या गरिएको बीबीसीले उल्लेख गरेको छ ।
मारिनेहरु सबै पश्चिम बंगालको मुर्शिवादका मजदुर रहेको अधिकारीहरुले जनाएका छ्न ।
हमलामा आतंकवादी समूहको संलग्नता रहेको हुनसक्ने भारतीय सञ्चारमाध्यमहरुले आशंका व्यक्त गरेका छन् ।
आतकंवादीहरुको समूहले पुलवाको एक विद्यालय परिसरमा गस्ती गरिरहेका सुरक्षाकर्मीमाथि पनि गोली चलाएको समाचारमा जनाइएको छ ।
घटनामा कोही घाइते नभएपनि आक्रमणकारीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
जम्मु काश्मिरको अवस्था बुझ्न यूरोपेली सांसदहरुको टोलीले काश्मिरको भ्रमण गरिरहेका बेला उक्त हमला भएको बताइएको छ ।(एजेन्सी)


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्