२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


यस वर्ष तिहारमा भाईमसला मात्रै १ अर्ब ३० करोडको आयात


0
Shares

काठमाडौं । नेपालीहरुको दोस्रो ठुलो चाड तिहारको मुख्य आकर्षणको रुपमा  भाईमसलालाई लिने गरिन्छ ।

तर तिहारको लागी प्रयोग हुने यि मसला पनि आयात गरिन्छ ।

आर्थिक वर्ष २०७५÷७६ मा मात्रै विभिन्न मुलुकबाट १ अर्ब ३० करोड भन्दा बढीको भाईमसला आयात भएको भन्सार विभागको तथ्याकं छ ।

भाईमसला विशेष गरि भारत, चीन, थाईल्यान्ड, अमेरिका, भियतनाम, पाकिस्तानलगायतका मुलुकबाट आयात हुने गरेको विभागले जनाएको छ । तिहारको लागी ४५ लाख बढिको किसमिस आयात भएको छ ।

किसमिस भारतबाट आयात हुने गर्दछ ।  साथै यसै अवधिमा ६ करोड बढिको सुपारी आयात भएको विभागको तथ्याकं छ । सुपारी थाईल्यान्ड र भारतबाट आयात हुने गर्छ । यस्तै ११ करोड ९८ लाखको ओखर आयात भएको छ ।

ओखर चिलि, चीन, भारत, संयुक्त राज्य अमेरिकाबाट आयात हुने गरेको भन्सार विभागको तथ्याकं छ ।

बदाम भारत र अमेरिकाबाट आयात हुने गरेको छ । यस अवधिमा १४ करोडको बदाम आयात भएको छ ।

काजु १६ करोडको आयात भएको जनाइएको छ । यसै अवधिमा नरिवल ११ करोड ५४ लाखको आयात भएको छ भने छोकडा ४ करोडको आयात भएको विभागको तथ्यांक छ ।

यसै अवधिमा चिनि तथा मिश्रि ९ करोडको आयात भएको भन्सार विभागले जनाएको छ ।

चिनि भारतबाट आयात हुने गरेको छ । बजारमा अहिले मसला ६० रुपैयाँ प्याकेटदेखी १६ सय सम्म विक्रिमा राखिएका छन् ।