१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


२० रुपैयाँमा आँखाको ज्योति फर्कियो


0
Shares

डीबी विष्ट (इमेज):

बझाङ, जेठ ३१ । बझाङमा १९० जनाले गुमेको आँखाको ज्योति पाएका छन् ।

कैलाली जिल्लाको गेटा आँखा अस्पतालले बझाङमा सन्चालन गरेको शिविरबाट उनीहरु लाभान्वित भएका हुन् ।

२० रुपैयाँ तिरेर आँखाको शल्यक्रियामार्फत् आँखामा ज्योति फर्किएपछि उनीहरु निकै खुसी भएका छन् ।

बुधबारदेखि सन्चालन भएको दुईदिने आँखा शिविरमा १९० जनाको शल्यक्रिया गरिएको र ६५० जनाले ओपीडी सेवा लिएको आँखा उपचार केन्द्र सिमखेतकाका इन्चार्ज व्यासमुनि रानाले जानकारी दिए ।