
काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा विप्रषेण आप्रवाहमा कमी आएको छ ।
चालु आर्थिक वर्षको दुई महिनामा विप्रेषण आप्रवाह ०.३ प्रतिशतले कमी आई १५३ अर्ब ७३ करोड रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दुई महिनाको तथ्यांक अनुसार अघिल्लो वर्षको तुलनामा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.३ प्रतिशतले कमी आएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३३.४ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ०.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३९ प्रतिशतले घटेको थियो ।
प्रतिक्रिया दिनुहोस्