३ जेष्ठ २०८२, शनिबार | Sat May 17 2025


म्यान्चेस्टर सिटी विजयी


0
Shares

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले न्यकासल युनाईटेडलाई ४–३ ले हराएको छ ।

न्युकासलको मैदानमा गएराति भएको सनसनीपूर्ण खेलमा म्यान्चेस्टर सिटीलाई विजयी गराउन फेरान टोरेसले ह्याट्रिक गरे । यसैगरी हुँवा क्यान्सेलोले एक गोल थपे ।

न्युकासलका लागि एमिले क्राफ्ट, जोएलिङ्टन र जो विलकले एक एक गोल गरे । प्रिमियर लिगको उपाधि जितेपछि म्यान्चेस्टर सिटीको यो पहिलो खेल हो । जितसँगै सिटीले ३६ खेलबाट ८३ अंक जोडेको छ । न्युकासल ३९ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।