Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


रसुवागढी जलविद्युत आयोजनाले दियो प्रशासनलाई २५ थान अक्सिजन सिलिण्डर


0
Shares

रसुवा । रसुवाको गोसाइँकुण्ड गाँउपालिका-२ टिमुरेमा निमार्णाधीन रसुवागढी जलविद्युत आयोजनाले प्रयोग गर्ने २५ थान अक्सिजन सिलिण्डर कोरोना सङ्क्रमितको उपचारका लागि प्रदान गरेको छ ।

रसुवागढी जलविद्युत आयोजनाको चिनियाँ ठेकेदार कम्पनी सिडब्लुईले निमार्ण स्थलमा प्रयोग गर्दै आएको २५ थान अक्सिजन सिलिण्डर आयोजना प्रमुखको पहलमा आयोजना स्थलबाट जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र तथा जिल्ला प्रशासन कार्यालय रसुवालाई हस्तान्तरण गरेको हो ।

विपतका समयमा प्रदान गरिएका अक्सिजन सिलिण्डर कोरोना सङ्क्रमित बिरामीका लागि प्रयोग गरिने जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद ढकालले बताउनुभयो ।

Skip This