
काठमाडौं, कात्तिक ९ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरपालिकालाई धुवाँ–धुलोरहित बनाउने योजना रहेको बताएका छन् ।
नेपाल संवत् ११४० नयाँ वर्ष (न्हूदँ), दीपावली तथा छठ पर्वका अवसरमा नारायण परिवार क्लबले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा उनले काठमाडौंलाई हरित सहरकारुपमा विकास गर्ने काममा महानगर लागेको बताए ।
महानगरको विकासका लागि सबैको सहयोग आवश्यक रहेको उनको भनाइ थियो ।
सामाजिक परिवर्तनका लागि युवाहरुको भूमिका महत्वपूर्ण भएकाले सामाजिक कामका लाग्न मेयर शाक्यले युवाहरुलाई आग्रहसमेत गरे ।
कार्यक्रममा उपमेयर हरिप्रभा खड्गीले सामूहिक प्रयासबाटमात्र महानगरपालिकाको विकास सम्भव हुने बताइन् ।
उनले चाडबाडलाई भड्किलोरुपमा नभइ सरलरुपमा मनाउन पनि आग्रह गरिन् ।
प्रतिक्रिया दिनुहोस्