 
	    काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरले अक्सिजनको अभाव भएको भन्दै सहयोगका लागि अपिल गरेको छ ।
सेन्टरका निर्देशक डा. सन्तोष पौडेलले अक्सिजनको अभावले संक्रमितको उपचारमा समस्या भएको भन्दै सहयोग गर्न अपिल गर्नुभयो ।
अस्पतालमा हाल १ सय ५ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।
अक्सिजनको समस्या देखियो रातभरि अक्सिजन खोज्यौँ, साह्रै अप्ठेरो अवस्थामा पुगेका छौँ भन्दै डा.पौडेलले सामाजिक सञ्जालमा लेख्नु भएको छ ।
दिनहुँ ३ सय ५० वटासम्म सिलिण्डर आवश्यक छ तर सरकारले विरामीको चाप नै नहेरी अक्सिजनको कोटा तोकिदिएका कारण समस्या भएको निर्देशक डा. पौडेलले बताउनुभएको छ ।
कोभिड १९ संकट व्यवस्थापन केन्द्रले अक्सिजनको कोटा निर्धारण गरे पछि थप समस्या भएको अस्पतालहरुले जनाएका छन् ।
हाल १० भन्दा बढी निजी अस्पतालहरुले अक्सिजनको अभाव देखाउदै थप कोरोनाका विरामी लिन नसक्ने भन्दै हात उठाउन थालेका छन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्