
काठमाडौं, कात्तिक ८ । शुक्रबार सुन-चाँदीको भाउ उकालो लाग्यो ।
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ६०० रुपैयाँले वृद्धि भएर तोलाको ७१ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मूल्य आइतबारदेखि तोलाको ७० हजार ४०० रुपैयाँमा स्थीर रहेको थियो ।
शुक्रबार चाँदीको भाउपनि तोलामा १० रुपैयाँले बढेर तोलाको ८६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्