२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


नेप्से करिब ७ अंकले सकारात्मक


0
Shares

काठमाडौं, कात्तिक ७ । साताको अन्तिम दिन बिहीबार पनि सेयरबजार सकारात्मक रहेर थामियो । यसदिन कारोबार पनि बढ्यो ।

उतार–चढावबीच बजार परिसूचक नेप्से करिब ७ अंकले सकारात्मक रहेर ११ सय ४९ पुग्यो ।

निर्जीवन बिमा समूहबाहेक कारोबार भएका अरु सबै समूह सकारात्मक रहे । जीवनबिमा, उत्पादनमूलक र होटल समूह दोहोरो अंकले सुधारिए ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १५५ कम्पनीका १२ लाख बढी कित्ता सेयर ३३ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।