Logo ३१ जेष्ठ २०८३, आइतबार | Mon Jun 15 2026


ओलीको विपक्षमा मतदान गर्न सांसद्हरूलाई माओवादी केन्द्रको निर्देशन


0
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सोमबार बिहान बसेको बैठकले प्रतिनिधिसभा बैठकमा प्रस्तुत हुने विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन दिएको हो ।

त्यसैगरी कोभिड–१९ संक्रमणको महामारी भयावह बन्दै गरेको अवस्थामा नागरिकको जीवन रक्षाका लागि सरकार गम्भीर नबनेको निष्कर्षका साथ तत्काल आवश्यक स्वास्थ्य सामाग्री खरिद गरि नागरिकको जीवन रक्षाको प्रत्याभुति गर्न सरकारसंग माग गरेको प्रमुख सचेतक देव गुरुङ्गले जानकारी दिनुभयो ।